काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्नपनीले १ करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७०.११ प्रतिशतले थोरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड २२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३८.८९ प्रतिशतले घटेर ४ अर्ब ९१ करोड ३२ लाख रुपैयाँमा आएको छ । गत वर्ष यसले बिक्रीबाट ८ अर्ब ३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २३ करोड ४ लाख ८२ हजार रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोषमा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा १ अर्ब ३२ करोड ७० लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३० पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ ४६० रुपैयाँ ५० पैसा छ ।
प्रतिक्रिया