काठमाडौं, मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्यो छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैंयाले घटेर प्रतितोला ९८ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९७ हजार ५०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार २८५ रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया