एजेन्सी - रुसले कच्चा तेलमा विशेष सहुलियत दिए पनि एसियाली राष्ट्रहरूले अमेरिकी कच्चा तेलको खरिदमा नै वृद्धि गरेका छन् ।
रुसले युक्रेनमा सुरु गरेको विशेष सैनिक अप्रेसन पछि पश्चिमा देशहरूले रुसी तेलको उपभोगमा प्रतिबन्ध लगाउँदै आएका छन् । उक्त प्रतिबन्धका कारण विश्वव्यापी रुपमा इन्धनको अभाव सिर्जना भएको छ ।
इन्धन अभाव नहोस् भनी अमेरिकाले रिजर्भमा राखेको कच्चा तेल रिलिज गरिरहेको छ । रुसी तेललाई र पश्चिमा देशहरूले प्रतिबन्ध लगाएपछि रुसको व्यापार एसिया तर्फ बढेको हो ।
रुसले एसियाली राष्ट्रहरूलाई विशेष सहुलियतमा तेल आयात गर्दै आएको छ । यद्यपि एसियाली राष्ट्रहरूले अमेरिकाबाट गरिने तेल आयातको मात्रामा वृद्धि गरेका छन् ।
युद्ध सुरु हुनु अगावै अमेरिकाबाट प्रतिदिन ९० हजार ब्यारल तेल खरिद गर्ने एसियाली राष्ट्रहरूले अहिले सङ्ख्या बढाएर १५ लाख ब्यालर प्रतिदिन पुराएका छन् ।
प्रतिक्रिया