नेपालमा नौ महिनामा करिब २० करोड छाता भित्रिए, कुन कुन देशबाट ?

३ बर्ष अगाडि

काठमाडौं- नेपालमा चालु आर्थिक वर्षको नौ महिनामा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपाल चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको हो ।

नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ । 

पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया