सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

हिजो आइतबार प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया