काठमाडौं- छिमेकी मुलुक भारतमा पछिल्लो ८ वर्षमा ग्यासको भाउ दोब्बरले बढेको छ।
भारतमा पछिल्लो ८ वर्षको अवधिमा घरेलु ग्यास प्रतिसिलेन्डर (१४.२ किलोग्राम)को मूल्य दोब्बरले वृद्धि हुँदै ९९९.५० भारु पुगेको हो। सन् २०१४ मार्च १ मा घरेलु ग्यासको(१४.२ किलोग्राम) मूल्य प्रतिसिलिन्डर ४१०.५ भारु थियो।
हाल दिल्लीमा प्रतिसिलिन्डर ग्यास सिलेन्डरको मूल्य ९९९.५० भारु र बिहारमा ११०० भारु पुगेको छ।
यसअघि गत मार्चमा पनि प्रतिसिलिन्डर ग्यासको मूल्य ५० भारुले नै वृद्धि भएको थियो। भारतका ५ वटा राज्यमा निर्वाचन सम्पन्न भएपछि भारतीय तेल कम्पनीहरुले गत मार्च २२ मा घरेलु ग्यास सिलेन्डरको मूल्य ५० रुपैयाँले वृद्धि गरेका थिए।
गत मे १ मा व्यावसायिक ग्यासको मूल्य १०२ रुपैयाँले वृद्धि भएको थियो। जसपश्चात यसको मूल्य २३५५ भारु पुगेको छ। –एजेन्सी
प्रतिक्रिया