आज आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया