काठमाडौं - चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट ५१ लाख ८५ हजार किलोग्राम प्याज आयात भएको छ ।
भन्सार विभागले ९ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भारत र चीनबाट उक्त परिमाणको प्याज आयात भएको जानकारी दिएको हो ।
साउनदेखि चैत महिनासम्मको अवधिमा प्याज आयातमा २५ करोड ७ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत सरकारले २ करोड २८ लाख ८२ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । आयातित प्याजमध्ये ८० प्रतिशत प्याज भारतबाट आउने गरेको छ ।
भारतबाट यस अवधिमा २१ करोड ९८ लाख रुपैयाँको प्याज आयात भएको छ भने चीनबाट ३ करोड ९ लाख रुपैयाँको प्याज भित्रिएको तथ्यांक छ ।
प्रतिक्रिया