काठमाडौं - अर्बन फूडले आफ्नो पहिलो रिटेल आउटलेट 'अर्बन मार्ट' सुरु गरेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लू स्टार कम्प्लेक्स (बलूबर्ड) मा आज उद्धघाटन गर्दै ग्राहकहरुका लागि आफ्नो ढोका खुल्ला गरेको हो ।
अर्बन फूड एक मासु प्रशोधन गर्ने कम्पनी हो । यसले सन २०२१ देखि ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फूड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादन गर्दै आएको छ ।
अर्बन फूडका गुणस्तरीय उत्पादनहरु भाटभाटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु साथै खुद्रा बिक्रेता पसलहरुबाट सहज रुपामा पाउन सकिन्छ ।
प्रतिक्रिया