हिजो १४०० ले बढेको सुनको मूल्य आज ६०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्र नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

हिजो विहीबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । हिजो शुक्रबार प्रतितोला १४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया