काठमाडौं - आयल निगमले इन्धनको मूल्य वैशाख ३० गतेको स्थानीय निर्वाचनपछि स्वचालित प्रणालीलाई निरन्तरता दिने तयारी छ ।
‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ निगम स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन ९आईओसीले० नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ ।
पेट्रोलको उपभोक्ता खुद्रा बिक्री मूल्य स्वचालित बनाइए प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्न सक्छ ।
प्रतिक्रिया