काठमाडौं,आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ।
हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताहरुको खरिदमा अब आइएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि रु. ३०० सम्मको छुट पाइने भएको छ ।
सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारका तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।
भोलि वैशाख २३ गते (शुक्रबार)देखि सुरु हुने यो सीमित समयको अफर हो। जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा ३० प्रतिशतदेखि रु. ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरुमा स्मार्ट क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
प्रतिक्रिया