काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बुधबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया