९ महिनामा मात्र सियो आयात गर्दा साढे ३ करोड बढी रकम बाहिरियो, कुनरकुन देशबाट भित्रियो सियो ?

३ बर्ष अगाडि

काठमाडौं- नेपालले चालू आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमाससम्ममा विभिन्न देशबाट साढे ३ करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।

भन्सार विभागले सर्वजनिक गरेको विवरण नेपालमा साउनदेखि चैत मसान्तसम्ममा साढे ३ करोड रुपैयाँभन्दा बढीको २ करोड ९९ लाख ५५ हजार १६२ थान र १९ हजार २११ किलोग्राम सियो नेपाल भित्रिएको हो । नेपालले गत वर्षको सोही अवधिमा विभिन्न देशबाट २ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । 

गत आवको ९ महीनाको तुलनामा यो वर्षको सो अवधिमा सियो आयात ५४ प्रतिशतले बढेको भन्सार विभागको तथ्याकंले देखाएको छ ।

नेपालमा क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारलगायतका मुलुकहरुबाट सियो आयात भएका छन् । ती मुलुकहरु मध्ये सबैभन्दा धेरै सियो भारत र चीनबाट आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालले चीनबाट २ करोड ४४ लाख ४५ हजार रुपैयाँ र भारतबाट ८० लाख ३० हजार रुपैयाँको सियो आयात गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया