काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैंयाले घटेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा १ हजार रुपैंयाले घटेर प्रतितोला ९७ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १ हजार २९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।
प्रतिक्रिया