काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
नेपाल आयल निगमलाई अबको १५ दिनमै पेट्रोलियम पदार्थको बिक्रीबाट पाँच अर्ब १९ करोड रुपैयाँ घाटा हुने भएको छ ।
भारतीय आयल निगमले हिजो पठाएको नयाँ मूल्य सूचीअनुसार अर्को नयाँ मूल्य सूची नपठाउञ्जेल अबको १५ दिनसम्म पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड र एलपी ग्यासमा १ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने देखिएको हो ।
निगमका अनुसार मट्टितेलमा २८ लाख, हवाई इन्धन (आन्तरिक) ३ करोड ६५ लाख र हवाइ इन्धन (बाह्य) मा २८ करोड ४४ लाख रुपैयाँ नाफा हुनेछ ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर २३ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ घाटा पर्ने भएको हो । हाल पेट्रोलको १६० र डिजेल तथा मट्टितेलको मुल्य १४३ रहेको छ।
प्रतिक्रिया