सुनको मूल्य ८०० ले घट्दा चाँदी कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

हिजो आइतबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको । हिजो आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया