आज नेपाली बजार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमासुनको मूल्य घटेको छ ।  

गत शुक्रबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजाररुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको । गत शुक्रबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया