दुई महिनामा ईयूमा भित्रियो ४६.३ बिलियन डलर बराबरको इन्धन

३ बर्ष अगाडि

काठमाडौं, रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनामा युरोपेली युनियन (ईयू) ले रुसबाट ४४ बिलियन युरो (४६.३ बिलियन डलर)बराबरको इन्धन आयात गरेको छ।

केही आपूर्तिकर्ताले रुसी इन्धनमा प्रतिबन्ध लगाएर अन्य विकल्प खोजे पनि युरोपेली युनियनले फेब्रुअरी २४ देखि अप्रिल २४ सम्मको अवधिमा रुसबाट ठूलो परिणामा इन्धन आयात गरेको छ। 

रिपार्टका अनुसार युरोपेली युनियनले दुई महिनाको अवधिमा आयात गरेको इन्धनको मूल्य गत वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढी हो।  यो अवधिमा गत वर्षका तुलनामा युरोपेली युनियनले रुसबाट १० प्रतिशत बढी ग्यास र २० प्रतिशत बढी प्राकृतिक तरल ग्यास आयात गरेको छ। तर, यो अवधिमा रुसी तेल र कोइलाको आयात भने क्रमशः २० र ४० प्रतिशतले घटेको छ।

रुसले विश्वभरको इन्धन निर्यातबाट गरेको आर्जनमा युरोपेली युनियनको हिस्सा ७० प्रतिशत रहेको छ। 

कोरोना महामारी नियन्त्रणका लागि लगाइएका लकडाउनका कारण गत वर्ष इन्धनको मूल्य र मागमा वृद्धि भएको थियो। यसबीच रुसले युक्रेनमा आक्रमण गरेपछि तेलको मूल्यको वृद्धि अझै उकालो लागेको छ। ओपेक सदस्य राष्ट्रहरु पनि प्रतिबद्धताअनुरुप आपूर्ति बढाउन सकिरहेका छैनन्। –एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया