विश्वकै सबैभन्दा ठूलो पाम तेल निर्यातकर्ता इन्डोनेसियाद्धारा निर्यातमा प्रतिबन्ध

३ बर्ष अगाडि

एजेन्सी - विश्वकै सबैभन्दा ठूलो पाम तेल निर्यातकर्ता इन्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ । 

इन्डोनेसिया सरकारले अप्रिल २८ देखि पाम तेलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने वनस्पति तेलको निर्यातमा इन्डोनेसियाले प्रतिबन्ध लगाएपछि विश्वव्यापी खाद्य मूल्यवृद्धिमा थप बल पुग्ने भय प्रकट गरिएको छ । 

केकदेखि कस्मेटिकसम्मका उत्पादनहरुमा व्यापक प्रयोग हुने खाना पकाउने तेल र यसको कच्चा पदार्थको ढुवानी रोक लगाउनुले विश्वव्यापी रुपमा प्याकेज गरिएका खाद्य उत्पादनहरुको लागत बढाउन सक्नेछ। यसका साथै यो निर्णयले विश्वका सरकारहरुलाई वनस्पति तेल वा इन्धन रोज्न बाध्य पार्नेछ । 

एक भिडियो प्रसारणमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य रेकर्डस्तरमा पुगेकाले इन्डोनेसियाली जनताहरुलाई खाद्यान्नको उपलब्धता सुनिश्चित गर्न चाहेको बताएका छन् ।

इन्डोनेसियाको यो कदमले नेपालसमेत प्रभावित बन्ने देखिन्छ । नेपालले इन्डोनेसियाबाट ठूलो परिणाममा तेल आयात गरी प्रशोधनपश्चात भारत निर्यात गर्ने गर्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया