काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया