धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन अर्थमन्त्रीको निर्देशन

३ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् । उन्नत बिउका लागि चहिने अनुदान दिन अर्थमन्त्रालय तयार भएको भन्दै अर्थमन्त्री शर्मा थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने बताएका हुन् ।

बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल भएको थियो ।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताए । ‘दुई महिनादेखी मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनु भएको छैन’ उनले भने । 

मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहिबार पुनः छलफलमा आउन निर्देशन दिएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया