चालू आर्थिक वर्षको ९ महिना सम्ममा ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । ।
त्यसबाट सरकारले ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ ।
चीनबाट मात्र चार अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ ।
एक अर्ब बढीको अङ्गुर आयात
यस्तो सोही अवधिमा एक अर्ब ६४ करोड ६५ लाख २४ हजारका दुई करोड ४० लाख आठ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ ।
त्यसबाट सरकारले आठ करोड ३४ लाख ६२ हजारर राजस्व सङ्कलन गरेको जनाइएको छ ।
प्रतिक्रिया