९ महिनामा सुन आयातबाट ३ अर्ब ४८ करोड बढि राजस्व सङ्कलन, २८ अर्ब ५४ करोड बढी नेपाली रुपैयाँ बाहिरियो

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको नौ महिनामा  सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । 

युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।

युएईपछि टर्कीबाट पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ । यस्तै सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया