काठमाडौं - नेपालको सबैभन्दा धेरै सामानहरु आयात निर्यात वीरगञ्ज भन्सार नाकाबाट हुने गरेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार नाकाबाट ५ खर्ब २१ अर्ब ७९ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३५।५७ प्रतिशत हो ।
यस नाकाबाट सो अवधिमा कुल ६९ अर्ब ७० करोड ४९ लाख २ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको ४३.४१ प्रतिशत हो ।
चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपयाँ बराबरको समान आयात गरेको छ भने १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार बराबरको बस्तु तथा सामान निर्यात गरेकोे भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया