नौ महिनामा ३४ अर्ब ९७ करोड बढीको मोबाइल सेट भित्रिए, कुन देशबाट कति ?

३ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३४ अर्ब ९७ करोड बढीको मोबाइल सेट आयात भएको छ । 

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको ५० लाख ८५९ थान मोबाइल सेट नेपालमा भित्रिएको हो । 

गत आर्थिक बर्ष २०७७/७८ मा नेपालले कुल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ,भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ,भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ मोबाइल आयात भएको छ ।

त्यस्तै युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ,अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् । यी देश बाहेक नेपालमा तीन दर्जन बढी देशबाट मोबाइल आयात भएका भन्सार विभागले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया