सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो सोमबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला एक लाख २ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया