एजेन्सी - भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
हरेक १५/१५ दिनमा मूल्य हेरफेर गर्दै आएको आईओसीले नेपाल आयल निगमलाई अप्रिल १६ मा पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउमा प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ ।
नेपाल आयल निगमलाई पठाइएको नयाँ मूल्यसूची अनुसार डिजेल र हवाई इन्धनको भाउ भने केही बढेको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर २।०२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०। ३८ पैसा बढेको छ ।
नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा ९पाक्षिक० करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।
नेपाल आयल निगमले पछिल्लो समय नेपालमा पेट्रोलको भाउ प्रतिलिटर १६० रूपैयाँ, डिजेल र मट्टीतेल समान १४३ रुपैयाँ, हवाइ इन्धनको भाउ प्रतिलिटर १५६ रुपैयाँ, हवाइ इन्धन अन्तराष्ट्रिय प्रतिकिलोलिट १ हजार ५४५ अमेरिकी डलर र एलपी ग्याँसको भाउ प्रतिसिलिन्डर १ हजार ६०० रूपैयाँ तोकेको छ ।
प्रतिक्रिया