बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो आइतबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया