काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य १७०० रुपैयाँले बढेको छ ।
गत आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा एक लाख २ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले बढेकोे हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया