मासिक ४ अर्बको बढीको सुन आयात, ८ महिनामा कति ?

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ६८ करोड बढिको सुन आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा ३२ अर्ब ६८ करोड ४१ लख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ४५ हजार २०० ग्राम सुन आयात भएको हो । 

यो तथ्याङ्क हेर्दा मासिक औषतमा ४ अर्ब ८ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको ५ लाख ४३ हजार ग्राम सुन आयत हुने गरेको हो ।

पछिल्लो समय सरकारले विदेशी विनिमय सञ्चिति घटेपछि सुन सहित पाँच दर्जन बढीको विलासी वस्तुहरुको आयातका लागि खोलिने प्रतीतपत्र ९एलसी० खोल्न नेपाल राष्ट्र बैंकले बन्द गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया