एक वर्ष समय अवधिमा चाँदीको मूल्य बढेको छ । वि.सं.२०७७ चैत्र ३० गतेको तुलनामा २०७८ चैत्र ३० गतेसम्म आइपुग्दा चाँदीको मूल्य तोलामा १०० रुपैयाँ भन्दा बढीले बढेको हो ।
वि.सं. २०७७ चैत्रको ३० गते चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ रहेको थियो । यस्तै सो समयको एक वर्षपछि अर्थात २०७८ चैत्र ३० गते चाँदीको कारोबार मूल्य तोेलाको १ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसर्थ यस समयको अन्तरालमा चाँदी तोलाा १४० रुपैयाँले बढेको हो ।
यस्तै यस वर्ष अर्थात २०७८ मा नेपालको इतिहासमा चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । २०७८ फागुन २५ गते चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको हो ।
उक्त दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँ निर्धारण गरिएको थियो । जुन नेपालको सन्दर्भमा हालसम्मकै उच्च मूल्य हो ।
प्रतिक्रिया