विश्व बजारमा तेलको मागमा कमी आउने

३ बर्ष अगाडि

काठमाडौं - रुस–युक्रेन युद्धका बीच वृद्धि भइरहेको महँगीका कारण विश्व बजारमा तेलको मागमा कमी आउने तेल निर्यातकर्ता देशहरुको संगठन ओपेकले जनाएको छ । 

ओपेकले विश्वव्यापी तेलको खपतका बारेमा यसअघि गरेको अनुमानमा कटौती गरेको हो । ओपेकले आफ्नो मासिक प्रतिवेदनमा विश्वमा दैनिक ३६.७ लाख ब्यारेल कच्चा तेलको माग रहने जनाएको छ । 

जुन ओपेकले यसअघि गरेको अनुमानभन्दा ४.८० लाख ब्यारेल कम हो । गत फेबु्रअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएर १३९ डलर प्रति ब्यारेलसम्म पुगेको थियो । 

जुन सन् २००८ पछिकै सबैभन्दा उच्च हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया