नेपाली बजारमा सुनको मूल्य एक लाख बढि, आज कहिले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ । 

गत शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइबार प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको  हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया