यो साता कतिले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । 

गत आइतबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९९ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको  छ । 

गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेकोे हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया