काठमाडौं, नेपाली बजारमा कागतीको मूल्य ह्वात्तै बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो १ महिनामा कागतीको थोक मूल्यमा १२५ प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।
आज कागतीको थोक मूल्य प्रतिकेजी ४२५ रहेको छ। जब ठीक एक महिना अगाडि कागतीको थोक मूल्य प्रतिकेजी १९० रुपैयाँमात्रै थियो।
कागतीको थोक मूल्यमा मूल्य नै ४२५ पुगेको अवस्थामा खुद्रा मूल्य त्योभन्दा धेरै नै हुने गरेको छ।
देशभित्रकै उत्पादनले नपुग्ने भएकोले कागती पनि भारतबाट ठूलो परिमाणमा आयात हुने गरेको छ। भारतमा कागती भाउ बढेकोले नेपालमा त्यसको प्रत्यक्ष प्रभाव परेको व्यापारीहरु बताउँछन्।
अहिले भारतमा प्रतिकेजी कागतीको मूल्य भारु २५० सम्म पुगेको छ । एक महिनाअघिसम्म भारतमा प्रतिकेजी कागतीको मूल्य भारु १०० पर्ने गरेको थियो।
प्रतिक्रिया