वीरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड बढिको वस्तु निर्यात गर्दा ४ खर्ब ६३ अर्ब ३४ करोड बढिको आयात

३ बर्ष अगाडि

नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार वीरगन्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा वीरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही समयमा वीरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालको कूल आयात व्यापारमध्ये ३५.४० प्रतिशत वीरगन्ज नाकाबाट हुने गरेको छ । यस्तै, कूल निर्यात व्यापारको ४४.९२ प्रतिशत वीरगन्ज नाकाहुँदै हुने गरेको छ ।

नेपालले दोस्रो ठूलो आयात भैरहवा नाकाबाट गर्ने गरेको छ । बितेका आठ महिनामा भैरहवा नाकाबाट नेपालमा २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख ९३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया