फेरी ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको  हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया