हिजो घटेको सुनको मूल्य आज बढ्यो, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको  हो । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया