अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू हुने, पेट्रोल प्रतिलिटर १८३ र ग्यास प्रतिसिलिन्डर २५३२ सम्म पुग्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो । 

अर्थ मन्त्रालय मंगलबार यस विषयमा छलफल भएको थियो । छलफलले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने निर्णय गरेको छ । जसअनुसार अब आयल निगमको सञ्चालक समितिले निर्णय गरेर एक महिनाभित्रै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिनेछ । 

स्वचालित मूल्य लागू गरिएमा पेट्रोलियम पदार्थहरुको मूल्य ह्वात्तै बढ्नेछ । मूल्य स्वचालित भएमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ५३२ रुपैयाँसम्म पुग्न सक्नेछ । 

त्यस्तै प्रतिलिटर डिजेलको १७१ रुपैयाँ र मट्टीतेलको १३६ रुपैयाँ पुग्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया