फेरी बढ्यो पेट्रोल, डिजेल, मट्टितेल, र इन्धनको मूल्य, प्रतिलिटर कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ ।  निगम संचालक समितिको मंगलबार बसेको बैठकले अघि राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । 

यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । 

यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । 

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया