आज नेपाली बजार सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया