लामा दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढ्यो, अब कुन रुटको भाडा कति ?(सूचीसहित)

३ बर्ष अगाडि

काठमाडौं, नेपाल सरकारले आज (चैत २० गते)देखि लागू हुने गरी लामा दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढाएको छ। 

सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाउने निर्णय भएको हो। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्म भाडा बढाएको छ। 

अब संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाउन पाउनेछन्। 

विभागले अब गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन गरिने निर्णय पनि गरेको छ। 

सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो। तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया