दोस्रोपटक एप्पलका कर्मचारीलाई करोडौँ रुपैयाँ बोनस

३ बर्ष अगाडि

 काठमाडौं, यस वर्ष  एप्पलका कर्मचारीलाई दोस्रोपटक करोडौँ रुपैयाँ बोनस दिइँदैछ। 

एप्पलका सीईओ टिम कुकले आफ्ना कर्मचारीलाई रिटेन्सन बोनसको प्रस्ताव गरेका छन्।  
गत वर्ष डिसेम्बरमा एप्पलले सिलिकन डिजाइन, सञ्चालन र हार्डवेयरका लागि आफ्ना केही इन्जिनियरलाई १ लाख ८० हजार डलर (करिब २ करोड १८ लाख रुपैयाँ)सम्म बोनस दिएको थियो।

यसपटक पनि कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई खुसी बनाउन बोनस दिने प्रस्ताव गरेको छ। कम्पनीले सफ्टवेयर र हार्डवेयर विभागका उत्कृष्ट इन्जिनियरहरुलाई यो बोनस दिने भएको छ। 

ब्लुमबर्गको रिपोर्टअनुसार यो प्राइमरली स्टक बोनस हो। यो पनि एप्पलमा राम्रो कर्मचारी राख्न कम्पनीको रणनीति हो। 

प्रतिवेदनका अनुसार छनोट भएका हार्डवेयर र सफ्टवेयर इन्जिनियरलाई १ लाखदेखि २ लाख डलरसम्मको बोनस दिइनेछ। – एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया