काठमाडौं, लामो समय रोकिएको भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने भएको छ ।
भन्सार विभागका अनुसार वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने भएको हो ।
फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भए पनि परिक्षा रोकिएको थियो ।
गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने बाटो खुलेको थियो ।
प्रतिक्रिया