भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार

३ बर्ष अगाडि

एजेन्सी - भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।

पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७।२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७।६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३।८७ भारतीय रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया