यो सात कतिले घट्यो सुनको मूल्य ?, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य एक हजार २०० रुपैयाँले घटेको छ । 

गत आइतबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९९ हजार ७०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको  छ । 

गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३६०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया