रुसबाट तेल आयात गर्ने राष्ट्रहरुले रुसी बैंकमा खाता नखोले आपूर्ति नै बन्द गर्ने पुटिनको चेतावनी

३ बर्ष अगाडि

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरुलाई रुबलमा कारोबार गर्न दबाव दिइरहेका छन् । यसै सन्दर्भमा उनले रुबलमा कारोबार नगरे तेल आपूर्ति नै बन्द गर्ने चेतावनी दिएका छन् ।

रुसबाट तेल आयात गर्ने राष्ट्रहरुलाई पुटिनले रुसी बैंकमा रुबल खाता खोल्न लगाएका छन् । अप्रिल १ बाट हुने इन्धनको कारोबार सोही रुबल खाताबाट गरिने र रुबलमा कारोबार नगर्ने देशहरुमा आपूर्ति नै बन्द गर्ने पुटिनले बताएका छन् ।

रुसी इन्धनमा भारी मात्राले निर्भर जर्मनीले पुटिनको यो अभिव्यक्तिले ब्याकमेल गरेको जनाएको छ । पुटिनले रुसी टेलिभिजनसँग गरेको संवादमा सित्तैमा कुनै पनि देशले तेलको निर्यात नगरेको र आफूहरु च्यारिटी गर्न नबसेको बताएका छन् । 

तत्कालै रुबल बाहेक अरु मुद्रा प्रयोग गरी कारोबार गर्ने नगर्ने भन्ने सम्बन्धमा युरोपियन युनियनले भने केही बताएको छैन ।पुटिनको उक्त घोषणापछि युरोपमा इन्धनको मूल्य ५ प्रतिशतसम्मले वृद्धि भएको छ ।

रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । 

उता युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया