टेस्लाको शेयरमा उछाल, बियरिसबाट बुलिस अवस्थामा  शेयरमूल्य

३ बर्ष अगाडि

काठमाडौं, टेस्ला कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । जर्मनीको बर्लिनमा रहेको कारखानाबाट कारको आपूर्ति सुरु भएसँगै टेस्लाको शेयरमूूल्यमा उछाल आएको हो ।

लगानीकर्ताबीच जर्मन सरकारले सवारी आपूर्तिका लागि अनुमति दिने वा नदिने भन्ने अन्यौलता रहेका बेला बर्लिन कारखानाबाट भएको पहिलो डेलिभरीले टस्लाको शेयरमूल्यमा बितेका केही सातादेखि उछाल आएको छ। 

टेस्लाका करिब ३० प्रतिशत लगानीकर्ताले रेड टेप र ब्युरोक्रेसीका कारण बर्लिनको कारखाना कहिल्यै पनि नखुल्ने बताउँदै आइरहेका थिए। उनीहरुमा कम्पनीले युरोपमा आफ्नो प्रभाव जमाउन नक्सने डर व्याप्त थियो। तर, ती सबै आशंका र डरलाई चिर्दै टेस्लाले गत मार्च २२ मा बर्लिन कारखानाबाट आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ। 

कम्पनीको बियरिस अवस्थामा रहेको कम्पनीको शेयरमूल्य बुलिस अवस्थामा पुगेको छ। गत मार्च १४ मा ३६ प्रतिशत वार्षिक गिरावटका साथ कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७६६.३७ डलरमा बन्द भएको थियो। गत बुधबार कम्पनीको शेयरमूल्य केही झिनो अंकका साथ बन्द भए पनि १२ कारोबार दिनमध्ये १० दिन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ। 

शेयर मूल्यमा आएको उछालले कम्पनीलाई स्टक स्प्लिटको निर्णय गर्न लगानीकर्ताको राय माग्न प्रेरित गरेको छ। सन् २०२० अगस्टमा गरेको स्टक स्प्लिटपश्चात कम्पनीको शेयर संख्या दोब्बरले वृद्धि भइसकेको छ।– एजेन्सी

३ बर्ष अगाडि

प्रतिक्रिया