कमिसन कटौती गरेको विरोधमा आजबाट ग्यास बिक्रीवितरण बन्द

३ बर्ष अगाडि

काठमाडौं - एलपी ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण बन्द गरेका छन् । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास उद्योगहरुले बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण रोकेका हुन् । 

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार ग्यास उद्योगीहरुले ग्यास बिक्रीवितरण रोकेका हुन् । निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतका आधारमा दिँदै आएको कमिसन गत फागुन १९ गतेबाट बन्द गरेको छ ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रुपमा गत चैत ५ गतेदेखि आन्दोलन गर्दै आएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया